मिटरब्याज पीडितहरू सरकारकै कारण सुकुम्बासी बन्ने अवस्थामा पुगे: पौडेल
काठमाडाैं | चैत १५, २०७९
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरु सरकारकै कारण सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मिटरब्याज पीडितसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्न सरकार आफै उदासिन बन्नाले पीडितहरू सुकुम्बासी बन्ने अवस्थामा पुगेको बताएका हुन्।
मिटरब्याजलाई गम्भीर आर्थिक अपराधको रूपमा सरकार आफैले स्वीकार गरिसकेको तर महिनाैंसम्म कानुनको मस्यौदा गृहमन्त्रालयमा अड्किँदा साहु महाजनले छलकपट गरी धमाधम किसानकाे जग्गा लिलामी गरिरहेकाे उनले बताए।
‘यसले दैनिक भूमिहिन हुने किसानहरुको संख्या झन् बढिरहेको छ। सरकारले आफै सुकुम्बासी उत्पादन गरेको जस्तो देखिएको छ,’उनले भने।
सांसद पौडेलले पीडितहरू मिटरब्याजको पैसा तिर्न साहु महाजनकै योजनामा लागूऔषध कारोबार गरेर जेलमा परेको घटनासम्म सार्वजनिक भएको बताउँदै सरकारलाई संवेदनशील हुन आग्रह गरे।
मिटरब्याजी साहु महाजन र तिनका आसेपासेले पीडित महिलामाथि यौन शोषण गरेका घटनाहरुसमेत सुन्नमा आएको बताउँदै पौडेलले मिटरब्याज पीडितको समस्या यथाशिघ्र सामाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

